आज ६०८५ जना सँक्रमित, ६८९८ जना कोरोना मुक्त, ६८ सँक्रमितको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ,

आज मँगलबार नेपालमा थप ६ हजार ०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जना र ३ हजार ०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६ हजार ०८५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको कुलसंख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ६८ जना संक्रमितको मृत्यु भएको छ, यो सँख्या २५ दिनयताकै कम हो । यो सँगै नोपलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।