लुम्बिनी प्रदेशको राष्ट्रिय सभामा दृग बिजयी, ओलीलाई यतापनि घाटा


ब्युटी न्युज नेपाल
बुटबल, १७ जेठ

एमाले छाडेर केही महिना अघि काँग्रेसमा प्रवेश गरेका दृगनारायण पाण्डेयले लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै आज उनी बिजयी भएका छन् । सो चुनावमा सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले हारेका हुन् । हालै माओबादी छाडेर एमालेमा प्रवेश गरेका खड्काले यतीबेला पराजय भोग्दा लुम्बिनी प्रदेशको सरकारको बहुमत खोसिने सम्भावना बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यताबाट एक सिट घाटा भएको छ । यस अघि बागमती प्रदेशको राष्ट्रिय सभा साँसदमा रामबहादुर थापा बादलले हार्दा उनले त्यहाँ पनि एक सिट गुमाउनु परेको थियो ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाण्डेयले पाएका थिए । निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १/१ मत बदर भएको थियो ।