४७६२ जना लाई आज कोरोना, ६४९१ जना कोरोना मुक्त र सँक्रमित ११४ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

नेपालमा आज सोमबार थप ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी जम्मा ४ हजार ७६२ जनामा कोरोना सँक्रमण देखिएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट हुनेको संख्या ७ हजार ३८६ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणबाट मुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
सो मन्त्रलयका अनुसार कोरोना सँक्रमित सबैभन्दा धेरै काठमाडौंमा ८९०जना , मोरङ र ललितपुरमा २५२/२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जना पुष्टी भएको छ ।

यस्तै सुनसरीमा १६४, मकवानपुरमा १४१, कास्कीमा १२९, चितवनमा १२६, रूपन्देहीमा १२०, धनुषामा ११७ र काभ्रेपलाञ्चोकमा ११३ जना कोरोना संक्रमित थपिएका छन् ।

सिन्धुपाल्चोकमा ९४, दाङमा ७५, दार्चुलामा ७४, नुवाकोटमा ६२, कञ्चनपुरमा ५४, गोरखामा ५३, अछाममा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

सप्तरीमा ४७, सल्यानमा ४५,पाल्पामा ४१, सर्लाहीमा ४०,महोत्तरीमा ३४, तनहुँमा ३२, बारामा २९, खोटाङ, नवलपरासी पूर्वमा २७/२७ जना, तेह्रथुममा २६, सुर्खेतमा २५ जनामा संक्रमण देखिएको छ । पर्वतमा २०,दोलखा र लमजुङमा १९/१९ जना, पर्सामा १८, धनकुटा र रौतटहमा १७/१७ जना, सिन्धुलीमा १६, ओखलढुंगा, रामेछाप र जुम्लामा १३/१३ जना, रसुवा र बाँकेमा १२/१२ जना, सिरहा, नवलपरासी पश्चिम र डडेलधुरामा ११/११ जना तथा म्याग्दीमा १० जना संक्रमित थपिएका छन् ।

यस्तै स्याङजामा ९, रोल्पामा ७, उदयपुरमा ८, इलाम, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा ६/६ जना, गुल्मी, जाजरकोट र बैतडीमा ५/५ जना, भोजपुर र रूकुम पश्चिममा ४/४ जना, प्‍युठानमा ३, बागलुङमा २ तथा पाँचथर, सोलुखुम्बु र बाजुरामा १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।