रेस्क्यु म्युजिक अवार्ड हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

अहिले जारी कोरोनाको महामारी मत्थर भएपछि रेस्क्यू क्रियशनको आयोजनामा काठमाडौंमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।

संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए । ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने । समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ ।

‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पु¥याउनेलाई दिनेछौं’, समनले भने ।