४० माईक्रोनभन्दा कमका प्लास्टिक झोला साउन १ बाट नेपालमा प्रतिबन्ध


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

आहिले बजारमा बिक्री भईरहेको ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोलालाई सरकारले नेपालमा साउन १ गतेबा पूर्ण बन्द गर्ने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यस्ता प्लास्टिकको विक्रीमा प्रतिवन्ध लगाएको उनले बताएका छन् । यसको सट्ट सुट, कपडा र कागजको झोला प्रयोग गर्न सरकारले प्रोत्साहन गर्ने पनि उनले बताएका छन् ।

यस्तो प्लास्टिकका झोलाले नेपालको वातावरणमा धेरै असर पारेकाले प्रतिबन्ध लगाउनु परेको मन्त्री पौडेलले बताएका छन् । यस्ता प्लास्टि उत्पादन गर्ने कारखानालाई परिवर्तन गरेर कागज, जुट, कपडाको झोला बनाउने मेसिन ल्याउन सरकारले योगदान दिने पनि उनले बताएका छन् ।