आज ४४८७ जना सँक्रमित, ६०८० जना कोरोना मुक्त, ११६ सँक्रमितको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

नेपालमा आज शनिबार देशभर थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । जसमध्य हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको पनि सो मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर ६ हजार ८० जना कोरोना मुक्त भएका छन् । यतीबेला नेपालमा कोरोना सँक्रमित घट्दैछन भने निको हुनेहरुको सँख्या बढेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको सँख्या ४ लाख ३४ हजार ७५० जना पुगेको छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट नेपालमा ११६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको कुलसँख्या ७ हजार १६३ जना पुगेको पनि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।