बजेटमा बृद्धभत्ता बढाएर मासिक ४ हजार पुर्याईयो 


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ
सरकारले यस वर्षको वजेटमा सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब छुट्याएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब रुपैयाँ छुट्याएको अर्थमन्त्री बिष्णु पौडेलले शनिबार बार्षिक बजेट घोषणा गरेका छन् ।
यो वर्षबाट जेष्ठ नागरिक, एकल महिला, अपाँगता भएका व्यक्तिहरु लगायतले मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यो भत्तालाई सरकारले लोकप्रिय कार्यक्रमको रुपमा लिएको छ ।
यस्तै १०० भन्दा बढी बेड भएका अस्पतालमा जेष्ठ नागरिकका लागि छुट्टै वार्ड बनाउन पनि बजेटमा व्यबस्था गरिएको छ ।