कोरोना नियन्त्रण गर्न ३७ अर्व, ७५ करोड रुपैयाँ छुट्याईयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

सरकारले यस वर्षको वजेटमा कोरोना भाईरस (कोभिड) नियन्त्रणमा विषेश जोड दिएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९  का लागि ३७ अर्व ७५ करोड रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार बार्षिक बजेट घोषणा गर्दै यो वर्ष कोरोना नियन्त्रणका लागि ३७ अर्ब ७५ करोड छुट्याईएको बताए ।

साथै कोरोना सँक्रमणको अबधिमा कुनै पनि अस्पतालले आफ्नो अक्सिजन प्लान राखेमा त्यसको आधा खर्च सरकारले ब्यहोर्ने पनि उनले बताएका छन् ।अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।