पिरिम नलाउनेका गायक आशिषले चीनबाट पठाए स्वास्थ्य सामाग्री


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला चीनबाट गायक आशिष सचिनले साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाल आफ्नो ब्यक्तिगत कामको शिलशिलामा चीनमा रहेका गायक आशिषले आफुले नेपाल पठाएको सामाग्रीको तस्बिर समेत सामाजिक सञ्जाल मार्फत शेयर गर्दै स्टाटस लेखेका छन् ।

आशिषले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गरेका छन् । अक्सिजन कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत राहात सामाग्री पठाएका आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै स्वदेश आउने बताए ।

गायक आशिषले सामाजिक संजालमा लेखेका छन् हाल मेरो केही समयको ब्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु । नेपालमा तिब्र गतिमा फैलिइरहेको सरुवा रोग रोरोनालाई नजिकबाट महसुस गर्न नपाएको भनाइ राख्दै उनले स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको उल्लेख गरेका छन् ।

उनका पिरिम नलाउने, गलबन्दी पछ्यौरी, पानी बादलु, एककान दुईकान मैदान बोलका गीतका भिडियोहरु बजारमा आइसकेका छन् ।