चीनले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदानमा दिने


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ,

नेपालमा कोरोना सँक्रमणको महामारी बढीरहेको बेला चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार दिउँसो नेपालका राष्ट्रपति विधादेबी भण्डारीले नेपालका लागि कोरोना बिरुद्धको भ्याक्सिन आबस्यक खरिद गर्न सहज बातावरण बनादिन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिनपिङसँग कुराकानी गरेकी थिईन् । सो क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यस अघि पनि चीनले भ्याक्सिन अनुदानमा दिएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको छ,‘कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जनाएका छन् । ढकालका अनुसार सोही क्रममा सीले १० लाख डोज अनुदानको रुपमा दिने र बाँकी खरिद प्रक्रियाको बारेमा सहज वातावरण बनाउने बताएका हुन् ।