काठमाडौं उपत्यकामा थापियो एकसाता निषेधाज्ञा, किराना पसलपनि खोल्न नपाईने


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ,

तीन साताभन्दा लामो समयदेखि जारी निषेधाज्ञापछि पनि काठमाडौं उपत्यकामा कोरोना सँक्रमण घेटेको छैन । त्यसैले काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको काठमाडौंका सिडियोले बताएका छन् ।

बिगत भन्दा यो साता निषेधाज्ञा अझ कडा गर्न लागिएको छ । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।