आज ७४२५ सँक्रमित, १८५ जनाको मृत्यु, ७१३५ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ,

आज सोमबार नेपालमा कोरोना भाइरसबाट ७ हजार ४२५ जना संक्रमित भएका छन् । स्वस्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५ लाख २० हजार ६४५ जना पुगेको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १ हजार ६९७ जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोेरोनाबाट मृत्यु हुनेको सँख्या ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।