संसद पुन स्थापना गरेर देउवालाई प्रधानमन्त्री घोषणा गर्ने माग सहित सर्वोच्चमा १४६ सांसदको रिट


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

गएको शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भँग गरेकोमा सो संसद पुना स्थनाका लागि ओलीका विपक्षी १४६ जना सांसदहरुले सँयुक्त हस्ताक्षर गरेर सोमबार दिउँसो सर्वोच्चमा रिट दायर गरेका छन् । जसमध्य माधव नेपाल सहित २३ जना एमालेका सांसदहरु पनि रहेका छन् ।

१४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका हुन् ।

ओलीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेका थिए । त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेकी थिईन् । सोही कारण संसद विघटनलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन् ।
यसरी दायर गरिएको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ । साथै १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी वैधानिक भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिट निवेदकहरुको माग छ ।

अब संसद पुन स्थापना गरेर अदालतबाटै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईनु पर्ने माग रिटमा रहेको छ । शुक्रबार पनि बहुमतसहित हस्ताक्षर बुझाएर दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको ठहर छ ।