ओलीको संसद विघटन बिरुद्धको रिटमा माधव नेपाल खेमाका २३ साँसदले गरे हस्ताक्षर


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ,

नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले ओली सरकारले गरेको सँसद बिघटन बिरुद्ध सर्वोच्चमा रिट हाल्न रिट निवेदन पत्रमा हस्ताक्षर गरेका छन् । शनिबार मात्र एक विज्ञप्ती जारी गर्दै पार्टी अध्यक्ष ओली पक्षधरले माधव नेपाल पक्षधरलाई पार्टीबाट कारवाहीको प्रकृया थालिने गर्दै गर्दा अहिले ओलीको संसद विघटन बिरुद्ध नेपाल पक्षका २३ साँसद एक भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यसैगरी निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् । अहिले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका छन् ।