आज ७९४१ जनामा कोरोना, सँक्रमणबाट १९३ को मृत्यु, ७६६४ जना निको


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ,

नेपालमा आज आईतबार थप ७ हजार ९१४ जनामा कोरोना भईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परिक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ५ लाख १३ हजार २४५ जना पुगेको पनि मन्त्रालयले जनाएको छ । यी मध्य यतीबेला १ लाख १५ हजार ५४७ जना आईसोलेशनमा उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ६६४ जना कोरोना सँक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको सँख्या ३ लाख ९१ हजार ३४८ जना पुगेको छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सँक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको सँख्या ६ हजार ३४६ जना पुगेको छ । यतीबेला ८३७ जना विभिन्न क्वारेन्टाईनमा छन् ।

नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १ हजार ७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् । रूपन्देहीमा ४२९ जना, मोरङमा ३८३ , बर्दियामा २७१ र सुर्खेतमा २३९ जना कोरोना संक्रमण थपिएका छन् ।

यस्तै काभ्रेपलाञ्चोकमा १७२, बारामा १५७, सिन्धुपाल्चोकमा १५५, झापामा १४८, बाँकेमा १३७, म्‍याग्दीमा १४४, कपिलवस्तुमा १३२, सुनसरीमा १२१, मकवानपुर र स्याङ्जामा ११२/११२ जना र दाङमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र अछाममा ९६/९६ जना, सिरहामा ८६, पाल्पामा ८०, धादिङमा ६७, तनहुँमा ६४, गुल्मीमा ६३, महोत्तरीमा ६०, सप्तरीमा ५९, गोरखामा ५८, नवलपरासी पूर्वमा ५३, डोटीमा ५२, कैलालीमा ५०, सल्‍यानमा ४९, उदयपुरमा ४८, रामेछापमा ४१, नवलपरासी पश्‍चिममा ४०, बागलुङमा ३९, नुवाकोट र कालीकोटमा ३८/३८ जना, पर्सामा ३७, कञ्‍चनपुरमा ३६ र लमजुङमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २४, सर्लाहीमा २१, डडेल्धुरामा १८, इलाम र दोलखामा १४/१४ जना, रोल्पामा १२, ताप्लेजुङ, रौतहट, सिन्धुलीमा १३/१३ जना, बैतडीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

डोल्पामा ९, खोटाङ र पर्वत र रूकुम पश्चिममा ८/८ जना, ओखलढुंगा, धनकुटा भोजपुरर जाजरकोटमा ६/६ जना, पाँचथर र संखुवासभामा ५/५ जना, सोलुखुम्बु र रसुवामा ४/४ जना, तेह्रथुम, प्युठान, जुम्ला, दैलेख, दार्चुला र बाजुरामा ३/३ जना, मुस्ताङमा २ तथा मुगु र बझाङमा १/१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।