रोकियो दि भ्वाईस अफ नेपालको नयाँ एपिशोड


ब्युटी न्युज नेपाल
काठमाडौं ९ जेठ,

गायन सम्बन्धि रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को नयाँ एपिशोडको प्रशारण शुक्रबारबाट रोकिएको छ । यो रियालिटी शोको नयाँ एपिशोड शनिबार राती पनि प्रशारण हुन सकेन । यो सँगीतिक सृँखला हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । कोरोनाका कारण यो रेक्नु परेको कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ । यो शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको छ ।

टिमको छायाँकनमा जुट्नु पर्ने केही सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएपछि कार्यक्रम रोक्नु परेको एक प्राविधिकले हामीलाई बताएका छन् । तर ‘दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा लेखिएको छ–‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै सेल्फ आइसोलेसनमा छौ । यो साता कुनै पनि छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौं ।’

धेरै जसो दर्शकहरुले यसलाई सही भनेको छन् । कोरोनाको महामारीमा ज्यान भन्दा ठुलो कार्यक्रम हैन भन्ने उनीहरुको टिप्पणी छ । एकथरी दर्शकले भने यो आउनु पर्छ भनेर माग पनि गरेका छन् । यता आयोजकले परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने जनाएको छ । यो कार्यक्रममा कार्यरत केही ‘दि भ्वाइस अफ नेपाल ३’को १८ भाग प्रशारण भैसकेको छ ।