आज ८९८० जना सँक्रमित, ८८४८ जना कोरोना मुक्त, १२९ सँक्रमितको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

नेपालमा आज शनिबार ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घन्टामा १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जना गरी ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा ५ लाख ५ हजार ६३४ जना कोरोना सँक्रमित भईसकेका छन् । जस मध्य यतीबेला १ लाख १५ हजार ८०६ जना सक्रिय सँक्रमित उपचारमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ८, हजार ८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सँख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । यो सँगै हालसम्म नेपालमा कोरोना सँक्रमणबाट मुक्त हुनेको सँख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको पनि स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

यता नेपालमा पछिल्लो २४ कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ । एकसाता याता आज मृत्युदर घटेको छ । यो सँगै कोरोना सँक्रमणबाट नेपालमा हालसम्म ६ हजार १५३ जनाको मृत्यु भईसकेको छ ।

यता पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमित भएको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।

अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२/५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।