मध्यरातमा ओलीले गरे मध्यावधिको घोषणा, कात्तिक २६ र मंसिर ३ मा तोकियो चुनाव


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

शुक्रबार दिउँसो सँकेत गरे अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेको छ । यो सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको छ ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

उता प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए । त्यसपछि ओलीले मध्यावधिको घोषणा गरेका हुन् ।