आज कोरोनाबाट १७७ को निधन, थप ८६०७ सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

नेपालमा आज शुक्रबार ८ हजार ६०७ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ७ हजार ८९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना मध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७५२, रूपन्देहीमा ६७२, मोरङमा ६३९, कैलालीमा ४१९, ललितपुरमा ४०० र काभ्रेमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा २९५, कास्कीमा २८२, झापामा २३६, चितवनमा २३३, सिन्धुपाल्चोकमा २३१, सुनसरीमा १९३, दाङमा १८६, सुर्खेतमा १७९, धनुषामा १३८, अछाममा १३५, बैतडीमा १३१, महोत्तरीमा ११३,गोरखामा ११२, मकवानपुरमा १११ र नवलपरासी पूर्वमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

दोलखामा ९९, कञ्‍चनपुरमा ९६, तनहुँमा ७८, धादिङमा ७६, सिरहामा ६२, बाँकेमा ५३, ताप्लेजुङ र सप्तरीमा ५२/५२ जना,म्याग्दी र लम्जुङमा ४९/४९ जना, सिन्धुलीमा ४८, पर्वतमा ४५, रसुवामा ४२, पर्सामा ४०,गुल्मीमा ३९,रोल्पामा ३६, रौतहट र नवलपरासी पश्चिममा ३५/३५ जना संक्रमित थपिएका छन् ।

यस्तै खोटाङ र दैलेखमा ३४/३४ जना, स्याङजामा ३२,पाल्पा र डोटीमा ३०/३० जना, बारामा २९, तेह्रथुममा २७, पाँचथरमा २५,कपिलवस्तुमा २२, सर्लाहीमा १६, दार्चुलामा १५, धनकुटा र अर्घाखाँचीमा १३/१३ जना, सोलुखुम्बु र डडेल्धुरामा १२/१२ जना र रामेछापमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवाभा र कालिकोटमा ९/९ जना, उदयपुरमा ८, इलाम र बर्दियामा ६/६ जना, बागलुङमा ५, रूकुम पश्‍चिमा ४, प्युठान र सल्यानमा ३÷३ जना, ओखलढुंगा र भोजपुरमा २/२ जना तथा मुस्ताङ, रूकुम पश्‍चिम, डोल्पा, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।