प्रधानमन्त्रीको दाबी गर्दै ओलीले पनि बुझाए १३७ जना साँसदको हस्ताक्षर


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

यतीबेला नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले फेरी प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गर्दै आफ्नो बहुमत भएको बताएका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

त्यसैले नेपाली राजनीतिमा यतीबेला ठुलो रमिता भईरहेको छ । सस्पेन्स फिल्मको क्लाईमेक्स भन्दा कौतुहल बन्दै गएको छ अहिलेको राजनीतिक अबस्था । अब के हुन्छ भन्ने अन्यौलमा जनता परेका छन् ।

ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । ‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।

माधव कुमार नेपाल पक्षका साँसदहरुले कसरी दुई तिर हस्ताक्षर गरे भन्ने प्रश्न यहाँ उठिरहेको छ । यो विषयमा केही क्षणमा टुँगो लाग्छ । राजनीतिक रमिता जारी छ ।