प्रधानमन्त्रीको दाबी गर्दै देउवाले जुटाए १४९ जना साँसदको हस्ताक्षर


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

राष्ट्रपति विधादेबी भण्डारीले तोकेको आजको बेलुका ५ बजेको समय सिमा भित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका बहुमत साँसदको हस्ताक्षर बुझाउने भएका छन् ।

संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

आफ्नो पक्षमा यतीबेला १४९ सांसदले हस्तक्षर सहितको समर्थन उनले तयार गरेका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ –एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

सिहदरबारमा शुक्रबार मध्यान्नपछि बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।