राष्ट्रपतिद्धारा शुक्रबारसम्म ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ खुवाएको र ओलीको प्रधानमन्त्रीत्वमा मन्त्रिमण्डल गठन गरेको एक साता पनि नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको निर्णय पछि भएको सिफारिसानुसार राष्ट्रपति भण्डारीले उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्य (सांसद)हरुलाई आह्वान गरेकी छन्। बिहिबार बसेको मन्त्री परिषदको बैठकले गत २७ बैशाखको जस्तै अहिले पनि ओलीले सँसदबाट विश्वासको मत प्राप्त गर्न नसक्ने निस्कर्ष निकाले पछि सो बैठकले नै बहुमतको नयाँ सरकार गठनमा जाने निर्णय गरेको हो ।

संविधानको धारा ७६ को उपधारा (५) अनुसार आफूले बहुमत सिद्ध गर्ने आधारसहित प्रतिनिधि सभाका कुनैपनि सदस्यले प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्न सक्छन्।

राष्ट्रपति भण्डारीले उपधारा (५) अनुसार प्रधानमन्त्रीमा आधार प्रस्तुत गर्नका लागि जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्मको समय दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सँसदबाट विश्वासको मत नलिने घोषणा गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम २० घन्टा भित्रै नयाँ सरकार गठनका लागि राजनीतिक दललाई सूचन निकालेर आह्वान गरेकी हुन् ।

बिहिबार मात्र ओलीको मन्त्री परिषदका सात जना मन्त्री गैर साँसद भएका कारण बर्खास्त भए । यी सातै जना मन्त्रीहरु यस अघि माओबादीका साँसद थिए । उनीहरु गैर साँसद भएर पनि दोश्रो पटक मन्त्री बनाईएपछि सर्वोच्चमा अधिवक्ता बिराट थापाले हालेको रिटको आधारमा प्रधान न्यायधिस चोलेन्स शमशेर जबराको एकल इजलासले यी सात मन्त्रीको पद खोसेको हो । यी मध्यका गृहमन्त्री रामबहादुर थापा बादलले पनि बिहिबार नै राष्ट्रिय सभा सदस्य (साँसद)को चुनाव हारे ।

यसरी सातजना मन्त्रीको पद गुमेपछि र बादलले पनि चुनाव हारेपछि ओलीले हतास हुँदै नयाँ सरकारका लागि राष्ट्रपति भण्डारी मार्फत आह्वान गराएका हुन् । यती छोटो समय सिमा राखेर बहुमतको सरकारका लागि आह्वन गर्नु भनेको पूर्व प्रधानमन्त्रीद्धय शेर बहादुर देउवा र पुष्प कमल दाहाललाई कडा चुनौती दिनु हो । यदी उनीहरुले शुक्रबार साँझ ५ बजेसम्म बहुमतको सरकार गठन नगरेको खण्डमा फेरी नयाँ रानीतिक अध्याय सुरु हुनेछ ।