बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

अन्नत बिहिबार सम्पन्न निर्वाचनमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले चुनाव हारेका छन् ।

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

बिहिबार मात्र सर्वोच्चले रामबहादुर थापा बादल सहित बाँकी सात गैर साँसदलाई मन्त्रीको कुनै पनि काम नगर्न आदेश दिएको छ । यता निर्वाचनमा जितेर मन्त्री बन्ने बादलको धोको थियो । त्यो पनि यतीबेला अपुरो भएको छ ।