माओवादी केन्द्रका रुपन्देही नेता दीपक पाण्डेमाथि गोली प्रहार


ब्युटी न्युज नेपाल
भैरहवा, ६ जेठ

बुधबार राति अज्ञात समूहले नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको छ । पाण्डे तौलिहवाका बासिन्दा हुन् ।

उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । गोली लागेर पाण्डे घाइते भएका छन् । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको रुपन्देही प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार राती ११ बजे तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको थियो । उनको शरीरका दुई गोली लागेको जनाइएको छ । गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो । गोली किन र कसले हान्यो अझै खुल्न सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता माओवादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव रामचन्द्र शाहले घटना आफूहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताए । पाण्डे पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताए ।