कोरोनाबाट थप २४६ जनाको मृत्यु, सँक्रमित ८१७३ जना थपिए


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ जेठ

नेपालमा आज बुधबार थप ८ हजार १७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट अहिलेसम्मकै सबैभन्दा बढी मृत्यु एक दिनमा भएको छ । यो २४ घन्टामा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ६५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै छिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म कोरोना मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४२४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।