बिहानै दुई पटक भूकम्प


ब्युटी न्युज नेपाल
लमजुङ, ५ जेठ,

आज बिहान दुई पटक भूकम्प गएको छ । दुबै भूकम्प लमजुङको भुलभुलेलाई केन्द्रबिन्दू बनाएर गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार दुबै भूकम्प लमजुङको भुलभुलेमा केन्द्र भएर भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको दोश्रो भूकम्प गएको हो ।

यस्तै बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।