कोरोनाबाट आज थप २१४ को मृत्यु, सँक्रमित ९२७४ थपिए


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ,

नेपालमा आज सोमबार ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका २१४ जनाको मृत्यु भएको छ । नेपालमा योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । तीन दिनदेखि मृत्युदर घटेपनि आज फेरी बढेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५५ हजार २२३ जना पुगेको छ ।