मुलुकका ७४ जिल्लामै निषेधाज्ञा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ,

देशभर कोरोना भाइरस संक्रमण बढेसँगै यसको महामारी रोक्नका लागि निषेधाज्ञा थपिने क्रम जारी छ । यस अघि ६९ जिल्लामा मात्र निषेधाज्ञा थियो भने सोमबारबाट मुलुकका थप पाँच जिल्ला पनि आँसिक निषेधाज्ञा घोषणा गरिएको छ ।

यो सँगै देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ ।हाल मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् । कोरोनाको दोश्रो भेरिएन्ट सुरु भएपछि गत बैशाख १३ मा बाँके जिल्लामा दोश्रो चरणको निषेधाज्ञा गरिएको थियो । त्यसपछि सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको हो । मुलुकका तीन जिल्ला बाहेक बाँकी ७४ जिल्लामै यतीबेला कोरोना सँक्रमणको महामारीका कारण निषेधाज्ञा जारी छ ।