कोरोनाबाट साहित्यकार राजेन्द्र सुवेदीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ,

कोरोना सँक्रमणबाट बरिष्ट साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ । यसरी कोरोना संक्रमणबाट एक पछि अर्का सर्जकले ज्यान गुमाईरहेको छन् । आईतबार मात्र साहित्यकार तथा सिनेकर्मी चेतन कार्कीको निधन भएको थियो ।

सुवेदीको ७६ वर्षको उमेरमा सोमबार बिहान अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । ह्याम्सपछि उनलाई गँगालाल लगिएको हो ।

सुवेदीको जन्म विसं. २००२ साउन १९ गते पाँचथरमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका थिए । उनको सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना जस्ता साहित्यिक र पाठयक्रममा गरेर तीन दर्जन पुस्तकहरु प्रकाशित छन् । सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।