आज थप १४५ को मृत्यु, ७३६८ जनामा कोरोना सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौ, २ जेठ

आज आईटबार नेपालमा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा यती सँक्रमित भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ जना र एन्टिजेनबाट ५२ जना गरी थप ७ हजार ३६८ जनालाई संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्टै पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० जना रहेको छ ।