मायाको पानामा राज र मुन्नीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

कोरोनाको महामारीका कारण मुलुक लकडाउनमा रहे पनि म्युजिक भिडियो रिलिजको क्रम रोकिएको छैन । यही मेसोमा यतीबेला गायक तथा मोडल निरायु गौतमको गीत ‘मायाको पानामा’ को भिडियोसार्वजनिक भएको छ । सार्वजनिक गीतलाई निरायु र गायिका एलिना चौहानले गाएका हुन् । यो गीतमा ओम सुनारको संगीत र एरेञ्ज रहेको छ । यस गीतलाई गायक गौतमले नै लेखेका हुन् ।

टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य र गायक निरायु गौतमले यो भिडियोमा अभिनय गरेका छन् । जसमा राज र मुन्नीको रोमान्सलाई महत्व दिएको छ । भिडियोमा रुक्मिला अधिकारी(रुक्स), निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

पर्वतको कुश्मा, बागलुङलगायतका सुन्दर स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई कलाकार गणेश गिरीले निर्देशन गरेका हुन् ।

भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।