कोरोनाबाट एक सातामा १२२४ जनाको गयो ज्यान


ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

नेपालमा कोरोना सँक्रमणबाट पछिल्लो सात दिनमा १ हजार २२४ जनाले ज्यान गुमाएको छन् । आज शनिबार कोरोना सँक्रमणबाट थप १८७ जनाको ज्यान गएको छ । सो सँगै एक साता भित्र कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १ हजार २२४ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

अहिले पनि कतिपय अस्पतालमा अक्सिजनको र सैयाको अभाव छ । अस्पतालमा अक्सिजन र शैयाको अभावले घर फर्केर होम आईसोलेसनमै उपचार गर्ने क्रममा ज्यान गुमाउनेहरुको सँख्या बढ्दो छ । सरकार राजनीतिक खेलमा व्यस्त रहेको बेला जनता मेरेको मरेकै छैन । काठमाडौंमा लकडाउन गरेकै १७ दिन बितिसक्दा पनि कोरोना सँक्रमितको सँख्या उकालो लाग्न छाडेको छैन । अक्सिजन र भेन्टिलेटरका अभावले यतीबेला कोरोनाबाट नेपालीहरुले धमाधम ज्यान गुमाउनु परेको हो ।

पछिल्लो एक सातामा कोरोना सँक्रमित र मृतकको अबस्था यस्तो रहेको छ :

  • वैशाख २६ गते १९ हजार ३८७ जनाको नमूना परीक्षण गर्दा ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ८८ जनाको मृत्यु भएको थियो भने ४ हजार २२ जना डिस्चार्ज भए ।
  • वैशाख २७ गते १८ हजार ४११ जनाको नमूना परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन १३९ जनाको मृत्यु भएको थियो भने ४ हजार ७ जना डिस्चार्ज भए ।
  • वैशाख २८ गते २१ हजार ३१६ जनाको नमूना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २२५ जनाको मृत्यु भएको थियो भने ५ हजार २२५ जना डिस्चार्ज भए ।
  • वैशाख २९ गते २० हजार ७८६ जनाको नमूना परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन १६८ जनाको मृत्यु भएको थियो भने ४ हजार ४४४ जना डिस्चार्ज भए ।
  • वैशाख ३० गते २० हजार २४५ जनाको नमूना परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २१४ जनाको मृत्यु भएको थियो भने ५ हजार ५५ जना डिस्चार्ज भए ।
  • वैशाख ३१ गते २१ हजार ४७८ जनाको नमूना परीक्षण गर्दा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २०३ जनाको मृत्यु भएको थियो भने ६ हजार १३५ जना डिस्चार्ज भए ।
  • जेठ १ गते ८ हजार १६७ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ भने आज कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या १८७ जना रहेको छ भने ५ हजार ४५५ जना डिस्चार्ज भएका छन् ।