कोरोनाबाट थप १८७ जनाको निधन, आज ८१६७ सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ जेठ

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर विधिबाट ८ हजार ४६ जना र एन्टिजेनबाट १२१ जना गरी थप ८ हजार १६७ जनालाई संक्रमण देखिएको हो । यी  मध्य देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० जना रहेको छ ।

आज ८ हजार १६७ जना सँक्रमित सँख्या थपिँदा नेपालमा हालसम्म कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८७ जनाको निधन भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।