थप २०३ को मृत्यु, आज ८५२० जना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

जस मध्य यतीबेला सक्रिय संक्रमित १ लाख ७ हजार ३३६ रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६ हजार १३५ जना निको भएका छन् । यो निको हुनेको राम्रो सँख्या हो । योसँगै नेपालमा हालसम्म ३ लाख २७ हजार ६५३ निको भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट २०३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।