राष्ट्रपतिद्धारा केपी ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

आफुले दिएको समय सिमाभित्र विभिन्न राजनीतिक पार्टीहरुले सरकार गठनका लागि बहुमत ल्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुन प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । उनले बिहिबार राती ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । अब ओलीले एक महिना भित्र सँसदमा बहुमत पुर्याएर विश्वासको मत लिनु पर्ने हुन्छ ।