कोरोनाबाट थप २१४ जनाको मृत्यु, आज ८९६० जना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना कोरोना भाइरसका संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८ हजारm ९६० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या ४ हजार ४६६ जना पुगेको छ ।

आज ८ हजार ९६० जना सँक्रमित थपिँदा देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म ३ लाख २१ हजार ५१८ जना निको भईसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको पनि मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा लकडाउन जारी रहेपनि कोरोना सँक्रमित घटेका छैनन् ।