ओलीले माधव नेपाल सहित चार नेताको गरे निलम्बन फुकुवा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

नेकपा एमालेका अध्यक्ष एवम् कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समुहका चार नेतालाई ६ महिनाका लागि पार्टीको सबै पद र अधिकारबाट निलम्बन गर्दा सँसदबाट विश्वासको मन लिन सकेनन् । पुन प्रधानमन्त्री बन्ने दौडलमा रहेका ओलीले माधव पक्षलाई फकाएर उनीहरुको मत आफ्नो पक्षमा पार्न आज नेपालसँग काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको घरमा भेटवार्ता गरेका छन् ।

सो वार्ता अघि अध्यक्ष ओलीले माधव नेपालसहित चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरेको छ । ओलीले नेताहरु नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको भन्दै पत्र समेत पठाएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको सो निर्णय गरेको हो । नेपाल सहित यी चार नेतालाई गत ७ चैतमा ६ महिनाका लागि ओलीले पार्टीबाट निलम्बन गरेका थिए । त्यसपछि नेपाल पक्षधरले देशभर समानान्तर समुह बनाएर ओली पक्षको कारवाहीको विरोध गर्दै आएका थिए ।

नेपाल पक्षका २८ जना साँसद रहेको र उनीहरुको मत गुमाउँदा अहिलेको अबस्थामा आफु पुन प्रधानमन्त्री हुने सँभावना नरहेका कारण ओलीले नेपाल पक्षलाई फकाउन चारै जनाको निलम्बन फिर्ता लिएका हुन् । तीन दिन अघि संसदमा विश्वासका मत लिने क्रममा नेपाल पक्षका २८ जना साँसदले सँसदमा अनुपस्थित जनाएपछि ओलीले जम्मा ९३ मत मात्र पाएका थिए । अहिले नेपाल पक्ष र जसपा महन्थ ठाकुर पक्षलाई आफ्नो बनाएर ओली पुन सरकार गठनको दौडमा छन् ।