थप १६८ को कोरोनाबाट निधन, ९३०५ नयाँ सँक्रमित थपिए


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ बैशाख

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ मा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो । नयाँ सँक्रमित मध्य सबैभन्दा बढी काठमाडौंमा ३ हजार २५० थपिएका छन् । यस्तै ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट नेपालमा १६८ जनाको कोरोनाले मृत्यु भएको छ । मृतकहरु पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाकै रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार ४४४ जना कोरोना मुक्त भएका छन् । यसरी कोरोना जित्नेको सँख्या पनि बढेको छ ।