कोरोनबाट नेपालमा एक दिनमै २२५ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सँख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना सँक्रमितका गम्भिर बिरामी बढ्नुका साथै उपचारमा अक्सिजनको अभाव हुन थालेपछि मृतकको सँख्या बढेको हो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा आज मँगलबार ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।