रेलको बाटोमा हुम्लाको पीडा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

पुरुष आवाजमा यस अघि ल्याईएको गीत रेलको बाटोलाई दर्शकले रुचाएपछि यसपटक महिला आवाजमा ल्याईएको छ । गायिका स्मृति शाहीले यो गीतको महिला भर्सन गाएकी छिन् । यसअघि सुरज पण्डितको स्वरमा यो गति आएको थियो । सुरजको स्वरमा रहेको यो गीतले चर्चा पाउन सफल भएपछि महिला भर्सनमा ल्याइएको बताईएको छ ।

कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतको शब्द लेखराज गिरीले कोरेका हुन् भने संगीत सुजर पण्डितकै रहेको छ । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।

गीत जस्तै भिडियो पनि यसको मार्मिक बनेको छ । यो गीतको भिडियोमा चिरञ्जीवी भण्डारी, सरस्वती खत्री र स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा चिरञ्जिवीलाई प्रेममा असफल भएको देखाइएको छ ।

‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतमा देखाउने प्रयास गरिएको छ’ मोडल चिरञ्जिवी सापकोटाले भने । गीतको भिडियो एक महिना लगाएर निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् ।