बुटबल बसपार्कमा जीवेश र याङ्सु नाच्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा रहेको गीत बुटबल बसपार्कको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै हो । रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी ,खोलिमा पानि ,माछी बस्यो ,परदेशको बास ,अक्षतामा दहि लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्।

जिबेस गुरुङ र याङ्सु श्रेष्ठले यो गीतको भिडियोमा अभिनय गरेका छन् । बुटबल बसपार्कमा उनीहरुको नृत्य आकर्षक छ । गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्दशन गरेका हुन् । गीतको भिडियोमा उनीहरुको जोडी सुहाएको छ।

अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधब श्रेष्ठको सह–निर्दशन, पदम सुबेदीको सम्पादन ,मिलन बिस्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप रहेको छ । गीतलाई गायक ओलीको अपिÞmसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।