एसईई र कक्षा १२ को परिक्षा स्थागित


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

जेठ १३ बाट एसईईको र जेठ २६ बाट कक्षा १२ को परीक्षा लिने तालिका सार्वजनिक भएको थियो । बोर्डले यसअघि निकालेको सो तालिका अनुसार परिक्षा अहिलेको अबस्थामा गर्न नसक्ने भएपछि स्थगित गरेको हो ।

बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताए । अब कोरोनाको महामारी मत्थर भएपछि अर्को सूचना निकालिने पनि पौडेलले बताए ।