लकडाउनमा पनि ताराले ल्याई गीति सँग्रह तस्बिर


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बम तस्बिर गरेकी छिन् । तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गरिन् । ताराले भनिन्,“मेरो प्रेरणाको स्रोत नै मेरी आमा हुन्, जसको कविता सुनेर, पढेर यो ठाउँमा उभिन सक्ने साहस बटुल्न सकेको छु ।”

गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ । पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

यो सँग्रहमा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । गुलेलीमा, पछ्यौरी र पराईको सिन्दुर गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् । लाली ओठैमा गीतको भिडियो रमेश थापाको निर्देशनमा तयार भएको छ ।

गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की, पराईको सिन्दुरमा जिवन भट्टराई र तारा अधिकारी, पछ्यौरीमा निराजन प्रधान र सुशिला थापा तथा लाली ओठैमा पल शाह र गरिमा शर्माको अभिनय छ । तस्विर एल्बमको कभर डिजाइन नहकुल खड्काले गरेका हुन् । उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो ।