ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ बैशाख

गायक प्रतिक पौडेलको नयाँ गीत ‘एउटा गीत…’ को भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । प्रतिककै शब्द, संगीत रहेको यो गीतको भिडियोमा मनिष श्रेष्ठ र मोडल आरजु बैजुको अभिनय रहेको छ । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो ।

भिडियोमा आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् ।