शम्भुजीत र मञ्जुको गोर्खा भीएस दोलखा


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

बरिष्ट संगीतकार शम्भुजित बास्कोटाले आफ्नो स्वर र संगीतमा नयाँ गीत ‘पार्यो माया जालैमा गोर्खा भीएस दोलखा…’ को भिडियो रिलिज गरेका छन् । गीतमा बासकोटाकै शब्द तथा सङ्गीत रहेको छ । गीतलाई नरेन्द्र वियोगीको संगीत संयोजना गरेका छन् ।

लोक भाकाको गीतमा गायक बासकोटासँगै गायिका मन्जु थापाको युगल स्वर रहेको छ । गीत समसामयिक बनेको छ । यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

यो गीतको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईंको अभिनय गरेको छ । भिडियोमा पुष्प र सुनिसा प्रेमभावमा प्रस्तुत भएका छन् । गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ । यी जोडी यो भिडियोमा खुलेका छन् । बुद्ध थापाको छायाँकन र नवीन निरौलाको सम्पादनमा भिडियो तयार भएको छ ।

गायक बासकोटाले आफ्नो गीतलाई दर्शकले रुचाएको र राम्रो प्रतिक्रिया पाएको बताएका छन् । लकडाउनको बेला दर्शकहरु घरमै बस्ने भएकाले यो फुर्सदलाई केही क्षण भए पनि मनोरञ्जन दिन आफुहरुको यो गीतको भिडियो सार्थक हुने बासकोटाको भनाई छ ।