ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

बरिष्ट हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ पुन अस्पताल भर्ना भएपछि स्वास्थ्यमा सुधार आएको परिवार जनले बताएका छन् । उनी अहिलो कोरोना सँक्रमणको शिकार भएका छन् । उनलाई अक्सिजनको मात्रा घटेर सास फेर्न गाह्रो भएपछि बुधबार पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको छन् । उनलाई अक्सिजन लेवल ८४ मा झरेको परिवारले जनाएका छन् । उनी आठ दिन अस्पतालमा उपचारपछि आइतबार मात्रै श्रेष्ठ घर फर्किएका थिए ।

अहिले सो अस्पतालमा चिकित्सकको निगरानीमा अस्पतालमा उपचार भईरहेको पनि परिवारले जनाएका छन् । श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन समेत देखिएको चिकित्सकले बताएका छन । वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो ।