ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

कोरोनाको दोश्रो महामारीसँगै काठमाडौं उपत्यका लगायतका विभिन्न शहरमा निषेधाज्ञा जारी भए पनि गीत सगीतको रिलिज रोकिएको छैन । यही निषेधाज्ञाबीच नयाँ गीत ‘घुम्न जाऊँ न’को भिडियो रिलिज भएको छ ।

यो गीतमा शैलेन्द्र मुढभरीको स्वर रहेको छ । उनले गीतलाई कर्णप्रिय रुपमा गाएका छन् । गीतमा राम सिटौलाको शब्द सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा कार्टुन क्रियुका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । भिडियोमा सरोज र आश्मासँगै पेम्बा मगर, सन्देश थापा र विजय अधिकारीको अभिनय रहेको छ यतीबेला यो गीतको भिडियो युट्युव नेपाल ट्रेण्डिङमा ।रहेको छ ।

सरोजकैै कन्सेप्ट र निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईंको छायाँकन र सरोजको सम्पादन छ ।