आयो अफ्रिकन गायिका वियोन्सेको नयाँ गी लसी पाउ


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

युगान्डाकी गायिका वियोन्सेले फेरी अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छिन् । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी उनले फुलबुट्टे सारीका संगीतकार राजनराज सिवाकोटीकै संगीतमा यो नयाँ गीत गीत आफ्नो स्वरमा बजारमा ल्याएकी हुन् । उनले यो गीतको भिडियो युट्युबबाट रिलिज गरेकी छिन् ।

यती बेला अर्को नयाँ गीत बरी लै बरी…को तयारीमा रहेकी यी गायिकाले ल्यासी पाउको भिडियो भक्तपुर दरबार क्षेत्रमा छायाँकन गरेर तयार पारेकी हुन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् । नेपाल घुम्न आएको बेला ट्रेण्डीङ्गमा रहेको कारण आफुले फुलबुट्टे गीत गाएकी वियोन्सेले यो नयाँ गीत भने अर्जिनल भर्सनमा गाएकी हुन् । मन्दिरा ढुंगेलले शब्द रचेको ल्यासी पाउ गीतलाई राजनराजले माधुर्य बनाएका छन् ।

अघिल्लो गीत जस्तै यो गीतबाट पनि आफु चर्चामा आउने उनको विश्वास छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।