निर्माता रौनकसँग अभिनेत्री सुपुष्पाको टिकाटालो


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

अभिनेत्री सुपुष्पा भट्ट र चलचित्र निर्माता रौनक विक्रम कँडेल दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् । पछिल्लो एक वर्ष भन्दा लामो प्रेम सम्बन्धलाई स्थायी दिँदै यी दुईले टिकाटालो गरेका छन् । काठमाडौंको गैरीधारास्थित ‘सिल्भर वक बैंक्वेट’ मा यी दुईले बुधबार टिकाटालो गरेका हुन् । सो समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति थियो ।

यही बैशाखमा यी दुईले विवाह गर्ने चर्चा चलेको भए पनि यस विषयमा सुपुष्पा र रौनकले केही बोलेका छैनन् । कबड्डीका निर्माता रौनक यतीबेला फिल्म कबड्डी ४ को निर्माणमा छन् ।

चलचित्र रणबीरबाट अभिनयमा डेब्यु गरेकी सुपुष्पाले त्यसपछि छ मायाँ छपक्कै र चपली हाईट ३ मा अभिनय गरेकी छिन् ।