४२ दिनमा सकियो चलचित्र प्रकाशको छायाँकन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

चर्चित अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को छायाँकन सकिएको छ । यो चलचित्रको जुम्लामा छायाँकन भईरहेको थियो । आफुहरुले ४२ दिनमा छायाँकन सम्पन्न गरेको निर्देशक दिनेश राउतले बताएका छन् । सम्पूर्ण छायांकन सकेर चलचित्र युनिट जुम्लाबाट काठमाडौं फर्किएको छ ।

यो चलचित्रमा प्रदीप खडकासँगै रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । चलचित्रमा प्रदीप गाउँले शिक्षकको भूमिकामा छन् । प्रदीपले ‘प्रकाश’ मा आफूले नयाँ चुनौतीहरु स्वीकार गर्दै आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएको बताएका छन् ।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ । विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । फिल्म राजेश श्रेष्ठले खिचेका हुन् ।